प्रेस विज्ञप्ती –वित्तिय साक्षरता जागरणका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न

calendar_month 01 September 2023
banner

यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तिय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले २०८० भाद« २२ गतेका दिन भैरहवा क्षेत्रको बुद्वचोक हुदै देवकोटाचोक, बैंकरोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुन बुद्वचोकमा पुगेर सो प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
सो कार्यक्रममा उच्च व्यवस्थापनका कर्मचारी, विभागीय प्रमुखहरु, क्लष्टर प्रमुखहरु र देशभरका सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
यस वित्तिय साक्षरता सम्बन्धी कार्यक्रमले सो क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
सहयोगको लागि धन्यवाद ।

अपूर्व प्रसाद जोशी
प्रमुख सञ्चालन अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

arrow_upward